चलचित्र ‘ऊनको स्वीटर’ ओटीटीमा रिलिज, एमएसएम भिडियोमार्फत् घरमै बसेर हेर्न सकिने

काठमाडौं - गत वैशाख २६ गते सिनेमा हलहरूमा प्रदर्शनमा आएको सफल चलचित्र 'ऊनको स्वीटर' अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ। बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल यो चलचित्र अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन वा कम्प्युटरमा हेर्न सक्नेछन्। आर्टमान्डूले निर्माण गरेको 'ऊनको स्वीटर'ले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय…