‘नेपाल कला तथा सांस्कृतिक महोत्सव–२०२५’ भदौ २० देखि काठमाडौंमा हुने

काठमाडौं । सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि काठमाडौंमा भदौ २० गतेदेखि असोज ११ गतेसम्म ‘नेपाल कला तथा सांस्कृतिक महोत्सव, २०२५’ आयोजना हुने भएको छ । नेपाल कला परिषद् र पर्यटन विकास बोर्डको आयोजना तथा विभिन्न निकायहरुको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो । आईतवार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल कला परिषद्का महासचिव विकासरत्न…