काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काजी’ लाई दर्शकले निकै रुचाएका छन्। अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीद्वारा अभिनित यो विशुद्ध प्रेमकथामा आधारित फिल्मले आफ्नो मन छोएको प्रतिक्रिया हलबाट बाहिरिएका दर्शकहरूले दिइरहेका छन्। हलमा फिल्म हेर्न पुगेका दर्शकहरू माझ यसमा बुनिएको प्रेमको गहिरो तानाबाना अहिले मुख्य चर्चाको विषय बनेको छ। फिल्ममा अभिनेता विपिन…