चलचित्र ‘महाभोज’को टिजर सार्वजनिक, देखियो कलाकारहरूको प्रभावशाली भूमिका

काठमाडौं । जेठ १५ गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकता दिइएको छ । टिजरमा अभिनेता द्वय खगेन्द्र लामिछानेले र दयाहाङ राईको एक संवाद छ ( ूगोली ठोकेर मान्छे मार्दैमा मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने पनि…