डकुमेन्ट्री ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

काठमाडौं । डकुमेन्ट्री सिनेमा ‘स्नो लियोपार्ड सिस्टर्स’ को नेपाल प्रिमियर गरिएको छ । बुधबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियर शोमा नेपालीसहित विदेशी दर्शकको समेत उल्लेख्य उपस्थिति रहेको थियो । यो डकुमेन्ट्रीमा हिमालयको सबैभन्दा पृथक कुना डोल्पाका दुई आदिवासी महिला बीचको असम्भव तर शक्तिशाली मित्रताको प्रेरणादायी कथा प्रस्तुत गरिएको छ । यो डकुमेन्ट्रीलाई सोनम चोकी…