काठमाडौं । (कास्की) पोखरामा नयाँ पुस्तालाई लक्षित गर्दै शास्त्रीय सङ्गीत उत्सव गरिएको छ । आइतबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको शास्त्रीय सङ्गीत तथा परम्परागत विभागको आयोजनामा उत्सव गरिएको हो । कार्यक्रममा शास्त्रीय सङ्गीत समाज गण्डकी र विन्ध्यावासिनी धार्मिक विकास समितिले सहकार्य गरेको थियो । सङ्गीतको व्याकरण शास्त्रीय सङ्गीतप्रति अकर्षण घटिरहेको समयमा नयाँ पुस्तालाई यसबारेमा जानकारी…