बुधबार थप १,७६० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित…