कोभ्याक्स अन्तर्गत नेपाललाई १६ लाख डोज खोप दिने जापानको घोषणा

जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप अनुदान स्वरूप दिने भएको छ । कोरोना भाइरसविरुद्ध जापानमा नै उत्पादन गरिएको एस्ट्राजेनेकाले विकास गरेको खोप जापान सरकारले नेपाललाई दिने भएको हो । जापानका विदेश मामिलाका मन्त्री मोटेगी तोशिमिट्सुले मङ्गलवार कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेका हुन् ।यस्तै नेपाल स्थित जापनीज दूतावासले आउँदो महिना ९जुलाईको…