चीनबाट दुई महिनाअघि फैलिएको कोरोना भाइरसले विश्वका आधाभन्दा बढी भू-भाग प्रभावित भइसकेको छ । चीनमा मर्नेको संख्या तीन हजार पुग्दैछ । विश्वभर मर्नेको संख्या तीन हजार नाघेको छ । संक्रमितको संख्या ९० हजार पुगेको तथ्यांक छ ।दक्षिण कोरिया र अमेरिकामा पनि कोरोना भयावह तरिकाले फैलिइरहेको छ । कोरियामा संक्रमितको संख्या पाँच हजार नजिक पुगेको छ…