माओवादीले महाधिवेशनका १७ सय सहभागीको कोरोना परीक्षण गर्ने

अध्यक्ष प्रचण्डसहित आधादर्जन नेतालाई कोरोनाभाइरस संक्रमण भएपछि नेकपा माओवादी केन्द्रले हालै सम्पन्न पार्टी महाधिवेशनका १७ सय सहभागी सबैलाई भाइरस परीक्षण गर्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार सबै प्रतिनिधिलाई पीसीआर परीक्षण गराउन र स्वास्थ्य मापदण्ड अपनाउन कडाइपूर्वक निर्देशन दिएको बताए । कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कोटेश्वरको पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा…