मस्को । रुसले विश्वमै पहिलो पटक युद्धभूमिमा गोलाबारुद पु¥याउन रोबोट ‘टर्टल’ प्रयोग गरेको दाबी गरेको छ । रुसले रोबोटमार्फत युद्धक्षेत्रमा हतियार पु¥याउने पहिलो देश भएको दाबी गरेको हो । रुसस्थित रोबोट विकासकर्ता कम्पनी अर्गोका सीइओ कोन्स्टान्टिन बग्दासारोभलाई उद्धृत गर्दै रुसको सरकारी मिडिया एजेन्सी आरआईए नोवोस्तीले जनाएअनुसार सन् २०२२ मा आक्रमण सुरु भएदेखि नै युद्ध क्षेत्र…