भीडले रुसी विमानस्थलमा आक्रमण गरेपछि ६० जना पक्राउ

काठमांडौ । मुस्लिम बहुल ककेसस गणतन्त्र दागेस्तानमा एक विमानस्थलमा हमला गरेको आशङ्कमा ६० जनालाई पक्राउ गरिएको रुसी प्रहरीले सोमबार बताएको छ । प्रहरीका अनुसार उनीहरूले यहुदी यात्रुहरूमाथि हमला गर्ने प्रयास गरिरहेका थिए । ‘अल्लाहु अकबर’ ९ईश्वर सबैभन्दा महान छन्० भन्ने नारा लगाउँदै दर्जनौँ प्रदर्शनकारी आइतबार मखाचकाला विमानस्थलमा ढोका र अवरोधहरू तोडेर धावनमार्गमा आएका थिए ।…