काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसीनालाई मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। शेख हसीनाविरुद्ध गएको वर्ष जुलाई–अगस्टमा भएका विद्रोहका क्रममा मानवताविरुद्धका अपराध गरेको आरोप लगाइएको थियो। भारतमा निर्वासनमा रहेकी शेख हसीनाको अनुपस्थितिमै उनीविरुद्ध मुद्दा चलाइएको थियो। ४५३ पृष्ठको फैसलालाई पढ्नुअघि न्यायमूर्ति मोहम्मद गुलाम मुर्तजा मजुमदारले यसलाई छ भागमा सुनाइने…