पाकिस्तानमा पोलियो खोप अभियान सुरु

पाकिस्तानमा बालबालिकाका लागि पोलियो विरुद्धको खोप अभियान सञ्चालन गरिएको पाकिस्तान सरकारले जनाएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले यस वर्षको तेस्रो पटकको अभियान आइतबारबाट सुरु भएको जनाएको छ । यस अभियानबाट कम्तीमा पनि एक करोड ३५ लाख बालबालिकालाई पोलियोका विरुद्धको खोप दिइने पनि पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पाकिस्तानका ३६ जिल्लाका पाँच वर्ष मुनिका…