भारतले आठ नामिबियाई चितुवा जङ्गलमा छाड्यो

भारतले शनिबार आठ नामिबियाई चितुवाहरूलाई जङ्गलमा छाडेको छ । स्थानीय टेलिभिजनमा देखाइएअनुसार दशकौं अघिदेखि लोप हुँदै गएका ती प्रजातिका चितुवाहरूलाई पुन : संरक्षित गर्ने महत्वाकाङ्क्षी परियोजना अन्तर्गत सो कार्य अगाडि बढाइएको हो। राजधानी नयाँ दिल्लीको दक्षिणमा रहेको अभयारण्य कुनो राष्ट्रिय निकुञ्जमा आयोजित सो समारोह प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको थियो।