सामाजिक सञ्जाल ट्वीटरसँगको आफ्नो कानुनी लडाइको एउटा हिस्साका रूपमा विश्वकै धनाढ्य एलन मस्कले ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेलाई अदालतमा बोलाउन कानुनी कदम सुरु गरेका छन् । फर्जी अकाउन्टबारे कम्पनीले पर्याप्त सूचना नदिएको आरोप लगाउँदै मस्कले ट्वीटरसँगको ४४ अर्ब डलरको सम्झौता अन्त्य गर्न खोजिरहेका छन् । ट्वीटर किन्न दबाब दिने प्रयत्नसहित सामाजिक सञ्जालले मस्कविरुद्ध उजुरी गरेको छ…