श्रीलङ्काका सबै विश्वविद्यालयहरू सेप्टेम्बरमा खुल्ने

श्रीलङ्काको विश्वविद्यालय अनुदान आयोगले मङ्गलबार देशका सबै विश्वविद्यालयहरू सेप्टेम्बरदेखि पुनःसञ्चालनमा आउने घोषणा गरेको छ। सोमबार राति आयोगका अधिकारीहरू र विश्वविद्यालयका उपकुलपतिहरूबीचको बैठकमा उक्त निर्णय गरिएको आयोगका अध्यक्ष सम्पथ अमरतुङ्गाले बताएका छन्। अमरतुङ्गाले कोभिड–१९ महामारीका कारण सन् २०२० मा विश्वविद्यालय बन्द भएको र अनलाइन कक्षा सञ्चालन भइरहेको बताएका हुन् । भौतिकरूपमा कक्षा र अतिरिक्त क्रियाकलाप शुरु…