रुसी योजना तोड्यौ, सरकार डगमगाएको छैन : युक्रेनी राष्ट्रपति जेलेन्स्किी

युक्रेनको राजधानी सहर किभलाई रुसी सेनाले चारै तिरबाट मिसाइलले हमला गरे पनि सरकार कत्ति पनि नडगमगाएको र राष्ट्रपति जेलेन्स्किी भोलोदिमिरको पकडमा रहेको बताइएको छ । युक्रेनी सेना राजधानी किभ, दक्षिणी सहर ओडेसा र उत्तरपूर्वी सहर खार्किभमा लडिरहेको राष्ट्रपति जेलेन्स्किीले बताएका छन् । ‘अतिक्रमणकारीहरुले हाम्रो राज्यको केन्द्रलाई अवरोध गर्न चाहन्छन्,’ राष्ट्रपतिले भने, ‘हामीले उनीहरूको योजना तोड्यौं…