रुसी सैनिकहरू युक्रेनको राजधानी किएभको उत्तरी भेग अबोलोनमा पुगेको युक्रेनले जनाएको छ।सरकारले नागरिकहरूलाई मोलोटोभ ककटेलु बनाएर सहरको रक्षा गर्न आह्वान गरेको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले किएभनजिकै अवस्थित एउटा प्रमुख हवाई मैदान नियन्त्रणमा लिएको बताएको रुसी समाचारसंस्था इन्टरफ्याक्सले जनाएको छ। होस्टोमेल एअरफील्ड कब्जा गर्न २०० वटा हेलिकोप्टर र सैनिकहरूको एउटा टोली प्रयोग भएको…