म्यानमारका चर्चित सेलिब्रेटीलाई त्यहाँको सेनाको जुन्ता सरकारले जेल सजाय सुनाएको छ । म्यानमारमा सरकारविरोधी आन्दोलनमा सहभागी भएको अभियोगमा मोडल तथा नायक पाइङ टाकहोनलाई तीन वर्ष जेल सजाय सुनाएको हो । टाकहोनका लाखौं प्रशंसक छन् । उनले सरकारविरोधी प्रदर्शनमा सक्रीय सहभागीता जनाउनुका साथै सामाजिक सञ्जालमार्फत सरकारको विरोध गर्दै आएका थिए । निर्वाचनमा व्यापक धाँधली भएको भन्दै…