अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सन् २०२४ हुने राष्ट्रपति निर्वाचनमा पुनः प्रतिष्प्रर्धा गर्ने बताएका छन् । आफू अहिले जस्तै स्वस्थ रहे आगामी निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने बाइडेनले बताएका हुन् । अमेरिकी टेलिभिजन एबीसीसँगको एक अन्तर्वार्तामा ७९ वर्षीय बाइडेनले भने, ‘हो, स्वास्थ्यले साथ दिए फेरि पनि निर्वाचनमा उठ्नेछु ।’उनले अगाडि भने, ‘म भाग्यमा धेरै विश्वास गर्छु ।…