हङकङको विधान परिषद् निर्वाचनमा बेइजिङ समर्थक उम्मेद्वारहरुले भारी जित हासिल गरेको दाबी गरेका छन् । चीनले हङकङलाई आफ्नो नियन्त्रणमा ल्याउने किसिमले लागु गरेको राष्ट्रिय सुरक्षा कानुन र निर्वाचन प्रणालीमा गरेको व्यापक परिवर्तन पछिको यो पहिलो विधान परिषद् निर्वाचन हो । चीनले हङकङको परिषद्का उम्मेदवारहरु छान्न एवं जाँच्न सक्ने किसिमको एक प्रस्ताव पारित गरेको थियो ।…