यौन हिंसा र बलात्कारको बिरोधमा सुडानका महिलाहरुले राजधानी खार्तुममा सेनाबिरुद्ध प्रदर्शन गरेका छन् । सेनाको बलात्कारको विरोधमा महिलाहरु सडकमा उत्रिएका हुन् ।यसै साता राजधानी खार्तुममा राष्ट्रपति निवास बाहिर सरकार विरोधी प्रदर्शनमा उत्रिएकामध्ये १३ महिला र युवतीलाई सुरक्षाकर्मीले बलत्कार गरेको राष्ट्रसंघले जनाएको छ । आफूहरु सेनाको यौन दुव्र्यवहारमा परेको भन्दै सामाजिक विकास मन्त्रालयको लैंगिक हिंसासम्बन्धी इकाइमा…