पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले तालिबानलाई सरकार बनाउन र आफ्नो देशको मामिला चलाउन समय दिनुपर्ने बताउनु भएको छ । बिहीबार इस्लामाबादमा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटवार्तामा उहाँले यो टिप्पणी गर्नु भएको पाकिस्तानी दैनिक पत्रिका ‘डन’ ले जनाएको छ । सो भेटका क्रममा अफगान नागरिकहरुको मानवीय सहायतासम्बन्धी मामिला र अफगानिस्तानबाट विस्थापित हुन चाहाएका व्यक्तिहरुको…