जलवायु परिवर्तन कोभिडभन्दा कडा चुनौती : रेडक्रस

विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोनाभाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको छ । विश्वलाई कोभिड–१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो । “अहिले कोरोना भाइरसको महामारी भएपनि जलवायु परिवर्तनले पार्ने प्रभाव रोकिएका छैनन्,” रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघद्वारा जारी नयाँ रिपोर्टमा…