विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अफगानिस्तानमा शनिबारसम्म ११० पुगेको छ। थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड–१९ सङ्क्रमित व्यक्ति ११० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले शनिबार बताएका छन्। अफगानिस्तानको हेरात प्रान्तमा ११, छिमेकमा रहेको फराह प्रान्तमा १ जना र पूर्वी प्रान्त घाज्नी एक जनामा थप सङ्क्रमण देखिएको मयारले जानकारी…