युक्रेनी बाल अस्पतालमा रूसको आक्रमण, २० जनाभन्दा बढीको मृत्यु

काठमाडौं । रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ। उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ। त्यसैगरी, मध्य युक्रेनी शहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताए। केही महिनायता किएभमा भएको यो सबैभन्दा ठूलो बमबारी थियो। युक्रेनी वायु सेनाका अनुसार…