काठमाडौं । एक अध्ययनले, नेपालका सरकारी कार्यालयमा व्यापक भ्रष्टाचार हुने गरेको देखाएको छ । अल्टरनेटिभ फाउन्डेसनले गरेको एक अध्ययनले सरकारी कार्यालयमा व्यापक भ्रष्टाचार हुने गरेको देखाएको हो । एक हजार मानिसलाई अध्ययनमा संलग्न गराउँदा उत्तरदातामध्ये सबैभन्दा धेरै ७०.५ प्रतिशतले सरकारी कार्यालयका कर्मचारीले भ्रष्टाचार गर्ने गरेको बताएको फाउन्डेसनले जनाएको छ । ६९ दशमलव ६ प्रतिशतले मन्त्रालयहरुमा…