अर्थतन्त्रबारे सकारात्मक धारणा बन्नुपर्छ : अर्थमन्त्री डा. महत

काठमाडौ , ३० साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन् । आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा महतले निजी क्षेत्रमा नकारात्मकता हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।…