रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

१२ असार, काठमाडौं । रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् । विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि अर्थमन्त्री समेत रहेका वाग्ले निर्विरोध भएका हुन् । पार्टी विधानअनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह–महामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।