काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

काठमाडौं, असार ५ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। नगर सभाको १९औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक विधेयक र विनियोजन विधेयकसँगै उक्त बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तावित बजेटमध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार…