नेपाली कांग्रेसले पार्टीका ज्येष्ठ राजनीतिज्ञ हरिप्रसाद पन्तको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी डोटी शिखर नगरपालिका–९ निवासी पार्टीका ज्येष्ठ राजनीतिज्ञ ७७ वर्षीय पन्तको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । पन्तको मङ्गलबार बेलुका ५ बजे कैलालीको नोभा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो…