कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । जेनजी मुभमेन्ट नेपालले मंगलबार 'आज' जारी गरेको प्रेस वक्तव्यमा प्रतिवेदन सार्वजनिक नगर्नु पारदर्शिता, उत्तरदायित्व र सुशासनको सिद्धान्तविपरीत भएको आरोप लगाइएको छ । ‘देशको राजनीतिक नयाँ दिशाबोध गर्ने विश्वास गरिएको उक्त प्रतिवेदन लुकाएर…