कुलमानको नियुक्तिसम्बन्धी मिसिल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गरिएको नियुक्तिको सक्कल फाइल मगाउने आदेश गरेको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको इजलासले कुलमानलाई कार्यकारी निर्देशकमा गरिएको नियुक्तिको सक्कल फाइल मगाएको हो। सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दिएका थिए। अदालतले हितेन्द्रलाई ऊर्जा आयोगको विज्ञमा नियुक्ति गर्ने मन्त्रिपरिषदको निर्णय लगायतका निर्णयको सक्कल फाइल मगाउने…