दार्चुला घटना : छानबिन टोली हेलिकप्टर चढेर मालघाट पुग्यो

दार्चुला घटनाबारे गृह मन्त्रालयले गठन गरेको छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर मालघाट पुगेको छ । बिहिबार भारतपट्टि गएर टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दा वारी नेपालतर्फ भने स्थानीय राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका थिए । गत साउन १५ गते एसएसबीले तुइन चुडाइदिंदा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्थानीय प्रत्यक्षदर्शीले बताएपनि भारतीय पक्षले…