शुक्रबार काठमाडौंमा १३८ संक्रमित थपिए

 शुक्रबार काठमाडौं उपत्यकामा १३८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ५ जना कोरोना संक्रमित देखिएका छन्। आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ। काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन्।