राजश्व अपचलन गरेको अभियोगमा आठ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत बर्दीबास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इञ्चार्ज सञ्जीव शर्मासहित आठ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। ग्राहकबाट उठाएको महसुल राजश्व खातामा जम्मा नगरी अपचलन गरेको पाइएको आयोगको अध्ययनबाट खुलेको छ। आयोगका अनुसार राजश्व अपचलन गरेको अभियोगमा शर्माविरुद्ध २० लाख ३३ हजार २…