काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज साँझ भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । नेपाली समाज भारतको निमन्त्रणामा आयोजना हुन लागेको ‘नेकपा एकता सन्देश सभा तथा साक्षात्कार’ कार्यक्रममा उनी प्रमुख अतिथिको रूपमा सहभागी हुन लागेका हुन्। यो भ्रमण विशेषगरी भारतमा रहेका नेपालीहरूको एकता र उनीहरूका समसामयिक मुद्दाहरूमा केन्द्रित रहने बताइएको छ। दिल्लीमा हुने…