निर्वाचनका लागि बजेट अभाव हुन दिँदैनौँ : अर्थमन्त्री

ललितपुर । अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कुनै पनि स्रोतसाधनको कमी हुन नदिने दृढता व्यक्त गरेका छन्। ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री खनालले निर्वाचनलाई निष्पक्ष र सफल बनाउन सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका हुन् । पर्यटन बोर्ड र परिसूचक मिडियाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा उनले राज्यको…