काठमाडौं माघ, २९– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आयोजना गर्ने भएको छ । यही फागुन १५–३० गतेसम्म संचालन हुने यात्राका लागि तयारी भइरहेको राप्रपाले जनाएको छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार यात्राको तयारीका लागि केन्द्रमा सचिवालय स्थापना गरिएको छ । त्यस्तै, जिल्लाको तयारीका लागि चारवटा टोली पठाईएको छ ।…