आजको संसद बैठकलाई सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं पुस, १९– आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैछन् । विभिन्न क्षेत्रबाट सरकारको काम–कारबाही प्रभावकारी बनाउनु पर्ने माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् । गएको पुस ११ बाट सुरु संघीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले बिहिबार मध्यान्ह समसामयिक विषयमा सम्बोधन गर्न लागेको संसद सचिवालयले जनाएको छ ।