कारबाहीको सिफारिसमा परेका पर्यटनमन्त्री अधिकारीमाथि नैतिक प्रश्नः ‘राजनीतिबाट सन्यास लिने त मन्त्री ज्यू ?’

काठमाडौं पुस, १८– नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा पर्यटनमन्त्री रविन्द्र अधिकारीमाथि कारबाही गर्न सिफारिस गरिएको छ । सुरुदेखि नै पर्यटनमन्त्री अधिकारीले विमान खरिदमा आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए । आफ्नो गल्ती देखिए राजनीतिबाटै सन्यास दिने उनको दाबी थियो । उनले भनेका थिएः ‘वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु…