काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निम्तो दिएको बताएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहले पदभार ग्रहण गरे लगत्तै मोदीले बधाई सन्देशमार्फत भारत भ्रमणको निम्तो दिएको बताएका हुन् । मोरिससमा मन्त्री खनालले भारतीय सञ्चारमाध्यम वीअनसँगको कुराकानीमा मोदीले दिएको भ्रमणको निमन्त्रणा प्रधानमन्त्री बालेन्द्रले स्वीकार गरिसकेको…