प्रदीप ज्ञवाली पनि ओलिसँग रुष्ट, उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्रै दिए उम्मेदवारी

काठमाडौं, २९ मंसिर । नेकपा ९एमाले० का उपमहासचिव प्रदीप ज्ञवालीले केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षको उम्मेदवार बन्न अस्वीकार गरेका छन् । उपाध्यक्ष पद अस्वीकार गरेका ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । उपमहासचिव ज्ञवालीले ओली प्यानलबाट महासचिवको अपेक्षा गरेका थिए । ओलीले ज्ञवालीलाई उपाध्यक्षमा प्रस्ताव गरेपछि उनी केन्द्रीय सदस्यमामात्रै मनोनयन दर्ता गरेर महाधिवेशन स्थलबाट…