गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु भएको छ। फ्लाई दुबईको जहाज ११३ यात्रु लिएर बुधबार साँझ ६ः१९ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज…