काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्न गम्भीर परामर्श र गृहकार्य भइरहेको बताएकी छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले दलीय हस्तक्षेपको अवस्थालाई अन्त्यगरी विश्वविद्यालयलाई प्राज्ञिक वहसको थलो बनाउन सबै पक्षको प्रयास आवश्यक रहेको बताइन् । यस्तै उनले शिक्षामा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता रहेको…