काठमाडौं । सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८ गते सोमबारदेखि सुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको अधिवेशन आगामी सोमबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरेका छन्। सङ्घीय संसद्को नयाँ भवन निर्माण सम्पन्न नभएकाले यस पटक पनि प्रतिनिधिभाको बैठक निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय कक्षमा हुनेछ। राष्ट्रियसभाको…