विराटनगर । नेपालको पहिलो र सरकारी स्वामित्वको विराटनगर जुट मिल लामो समयदेखि बन्द छ। नेपालको राजनीतिक आन्दोलनको पनि यो मिलसँग इतिहास जोडिएको छ। जुद्धशमशेरले १९९३ सालमा स्थापना गरेको यही उद्योग परिसरमा नेपाली कांग्रेसले २००६ सालमा ‘प्रजातन्त्र रेडियो’ सञ्चालन गरेको थियो। पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले राजनीतिक यात्रा यहीँबाट सुरू गरेका थिए। ऐतिहासिक उद्योग…