म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम र म्याग्दीको तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका-२ माझखर्क, अन्नपूर्ण गाउँपालिका-३ सुकेबगर र ७ महभिरमा पहिरो खसेर ७६ किलोमिटर दुरीको बेनी-जोमसोम सडकको म्याग्दी खण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। बेनी नगरपालिका-४ र मंगला गाउँपालिका-२ को सिमानामा…