काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले माओवादीलाई विभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका छन्। आइतबार माओवादी कार्यालय पेरिसडाँडामा आयोजित २३औँ बोत्ले स्मृति दिवसमा प्रचण्डले यस्तो बताएका हुन्। ‘शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई विभाजन गरी कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेका छन्,’ उनले भने। अहिले सबे माओवादीधाराहरु र…